0 COMMENTS

upendra_yadavपथरी (मोरङ), २८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको बताएका छन् ।

बिहीबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसको मुद्दाप्रति सरकार गम्भीर नभए चैतको पहिलो हप्तादेखि आफूहरु आन्दोलनमा जान बाध्य हुने बताए ।

अध्यक्ष यादवले अझै पनि समय रहेकाले आन्दोलनअगावै मधेसको मुद्दा सम्बोधन गर्न मुख्य दलहरुलाई आग्रहसमेत गरे । सीमाङ्कन, सङ्घीयताको स्वरुप तथा प्रदेशको क्षेत्राधिकारलगायतका विषय मोर्चाको मुख्य माग रहेको उनले बताए ।

अध्यक्ष यादवले मधेसको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताए । उनले जनताको चाहना र भावनाअनुसार मधेसको मुद्दा सम्बोधनमा सहज होस् भन्ने उद्देश्यले आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए । मधेसको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको पनि उनले बताए ।

मधेसको मुद्दा नमिलेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि मधेसी मोर्चा सहभागी नहुने उनले बताए । उनले काँग्रेसको महाधिवेशनबाट आएको नेतृत्वले मधेस समस्या समाधान गर्ने कुरालाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

उनले मधेसका मुद्दा सम्बोधन गर्ने विषयमा काँग्रेसका नवनिर्वाचित पार्टी अध्यक्षले गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नसमेत आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।