0 COMMENTS

newsफागुन २७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन भइरहेकाबेला म्यानपावर ब्यबसायीहरु श्रम स्वीकृति लिन गए कारबाही गर्ने कडा चेतावनी दिएको छ ।

उसले म्यानपावर संचालक र श्रम प्रतिनिधिलाई श्रम कार्यालय नजान र नपठाउन आग्रह गरेको छ । संघले बिहिबार (आज) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार व्यवस्थित र मर्यादित बनाएर मात्र कामदार विदेश पठाउने भन्दै श्रम स्वीकृति लिन श्रम कार्यालय नजान भनेको हो ।

फागुन २१ गतेभन्दा अघिको फाइल सदर भए संघले नै श्रम स्वीकृति उपलब्ध गराइदिने संघका महासचिव रोहन गुरुङले जानकारी दिए । संघको निर्दैशन पालना नगरि श्रम स्वीकृति लिन जाने म्यानपावर कम्पनीलाई कारबाही गरिने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।