0 COMMENTS

Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudelकाठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भए पनि ११ मत नपुग्दा सभापति बन्न सकेनन् ।

पहिलो र दोस्रो स्थानमा मत ल्याउने देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेल सभापतिको लागि दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा गर्नेछन् । सिटौलाले दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा आइतबार सम्पन्न भएको मतदानमा कुल ३ हजार १ सय ४८ मत खसेकोमा देउवाले १ हजार ५ सय ६४ मत ल्याए भने कार्यवाहक सभापति पौडेलले १ हजार १ सय ५४ मत ल्याउन सके । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३ सय २४ मत मात्र ल्याउन सके ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन् कुल खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउन पर्छ । जसअनुसार देउवालाई ११ मत नपुगेको हो । खसेको मतमध्ये १ सय ७ मत बदर भएको थियो । बदर मत मध्ये देउवाको मात्र ६३ मत बदर भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।