0 COMMENTS

 

no-lightफागुन २३, काठमाडौं । भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुनुपर्ने देखिएको हो ।

भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घन्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत्त प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक विद्युत्त कटौती १३ घन्टा कायम छ ।

मागभन्दा झन्डै ८०० मेगावाट विद्युत्त आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सुधार सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताउँछन् ।

नेपालका वार्षीक ८० देखि सय मेगावाटसम्म विद्युत माग बढ्ने तर त्यसको तुलनामा आपूर्ति कम हुँदा वितरण प्रणालीमा असन्तुलन आई लोडसेडिङ बढ्ने तर्क क्षेत्रीको छ । -कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।