0 COMMENTS

bhukampa-piditसिन्धुपाल्चोक, २३ फागुन । घरको भग्नावशेष । छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो। साथमा थियो, परिचयपत्र पनि। भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? भोटेचौर गाविसका एक स्थानीयले यिनै प्रमाणका आधारमा क्षतिग्रस्त घरको लागत संकलन गरिदिन आग्रह गर्दा गाउँ पुगेको सर्भेयर टोलीले वास्तविकता अर्कै पायो। उनी नक्कली भूकम्पपीडित रहेछन् ।

घर भूकम्पले भत्काएको थिएन। भूकम्पअघि घर भत्किएको थियो, पुरानो भएका कारण। इन्जिनियर हर्कमान लामा नेतृत्वको सर्भे टोलीले उनको घरको लगत संकलन गरेन। टोलीलाई अबरोध खडा गरियो ।

भूकम्पले घर भत्केको हो भनेर फोटो खिचाउन तीब्र दबाब दिँदै लगत संकलनमा दिनभरजसो अवरोध पुर्याइयो। इतिसम्म कि एकै व्यक्तिले खडार गरेको व्यबधान हटाउन प्रहरी परिचालन गर्नुपर्यो ।

भूकम्पबाट क्षतिग्रस्त घरको लागत संकलन गर्न बराम्ची गाविस पुगेको सर्भेयर टोली त जिल्ल पर्यो। टोलीले यस्ता एक पीडित भेट्यो, उनीसँग परिचयपत्र बाहेक केही थिएन । उनले भूकम्पले क्षतिग्रस्त भनिएको घरको जग कहाँ थियो भन्ने देखाउन सकेनन् । नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।