वीरगन्ज, २३ फागुन । पर्सामा सशस्त्र भूमिगत संगठनहरुको नाममा चन्दा र फिरौती माग्ने आतंक फेरि सुरु भएको छ । दुई सातायता वीरगन्जका शिक्षक र व्यापारीलाई विभिन्न भूमिगत संगठन र समूहको नामबाट पत्र, फोन र एसएमएसमार्फत रकम माग्ने क्रम सुरु भएको छ ।
भूमिगत संगठन थारु मधेसी मुक्ति मोर्चाले पर्साका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई जनही एक हजार रुपैयाँका दरले रकम बुझाउन उर्दी नै जारी गरेको छ ।
मोर्चाले पर्साका नौवटा श्रोत केन्द्रमा चिठी नै पठाएर रकमका लागि उर्दी जारी गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्