0 COMMENTS

 

Qatarफागुन २२, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आईतबारदेखि अनिश्चितकालीन म्यानपावर बन्द गर्ने जनाएको छ ।

म्यानपावरमा प्रहरीले छापा हानेको विरोधमा उत्रिएको संघले आइतबारदेखि अनिश्चितकालका लागि म्यानपावर बन्द गर्न लागेको जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘व्यवसायलाई व्यबस्थित गराउने बहानामा राज्यका केही अंगले अधिकार क्षेत्र भन्दा बाहिर गएर ईजाजतपत्र प्राप्त संस्थामा छापा हान्ने र त्यहाँ भएका कम्प्यूटर र अन्य कागजपत्र बलजफती जफत गरी कम्पनी सञ्चालक र कार्यरत कर्मचारीहरुलाई गैर कानुनी रुपमा थुनामा राख्ने गरिएको कार्य बाट सम्पूर्ण व्यवसायी आतंकित भएका छौ र अधिकारनै नभएका राज्यका अंगले राज्य आतंक फैलाउने यो कार्य बाट व्यवसाय सञ्चालनगर्न नसक्ने अबस्थामा पुगेका छौ ।

त्यसैले यस व्यवसायलाई व्यबस्थित र मार्यादित गराउने गरी कोही कसैले गैर कानुनीकाम गरेको छ भने अधिकार प्राप्त निकायले मात्र छानबिन गरी कारबाही गर्ने, बिदेश जाने नेपालीदाजुभाई/दिदिबहिनीहरु सस्तो र सुलभतरिकाले विदेश जानपाउने अबस्था श्रृजना गर्ने र सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु निर्भयतापुर्वक सँग कार्यालय खोलेर कामगर्न पाउने अबस्था श्रृजनागर्नको लागी सरकार सँग छलफल गरी निर्णायक निष्कर्षमा पुर्याउनको विकल्प नरहेको हुदाँ वाध्यतापुर्वक सम्पूर्ण कार्यालय गरिएको छ’, विज्ञप्तीमा भनिएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।