0 COMMENTS

nepal-vs-india-football-1काठमाडौं, २१ फागुन । फिफा बरियतामा नेपाल थप ३ स्थान माथि उक्लिएको छ । पछिल्लो समय सुधारिएको प्रदर्शन गर्दै आएको नेपाल १ सय ८८ बाट माथि उक्लिएर १ सय १८५औं स्थानमा आइपुगेको हो ।

फिफाले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दक्षिण एसियामा पाचौं स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा अघि अफगानिस्तान (१५१), माल्दिभ्स (१५८), भारत (१६०) र बंगलादेश १७७औं स्थानमा छन् ।

नेपालभन्दापछि पाकिस्तान (१८७), श्रीलंका (१८९) र भुटान १९३औं स्थानमा छन् । नेपालले हालै साग फुटबलमा गोल्ड मेडल जिते पनि त्यसले बरियतामा भने कुनै फरक परेन । २३ वर्षमुनी उमेर समूहको सो प्रतियोगितालाई फिफाले अन्तराष्ट्रिय प्रतिस्पर्धाको मान्यता दिएको छैन ।

बरियताको पहिलो स्थानमा बेल्जियम, दोस्रोमा अर्जेन्टिना, तेस्रोमा स्पेन, चौंथोमा जर्मनी र पाचौं स्थानमा चिली छन् । यस्तै ब्राजिल छैटौं, इंग्ल्याण्ड नवौं, इटाली चौधौं र नेदरल्याण्ड १५औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।