0 COMMENTS

newsफागुन २०, काठमाडौं । सरकारले विनाशकारी भूकम्पका कारण भत्किएका निजी तथा सार्वजनिक संरचना पुननिर्माणका लागि नीतिगत व्यवस्थालाई प्रस्ट पारेको छ ।

राष्ट्रियपुननिर्माण तथा पुनस्र्थापना नीतिका आधारमा सरकारले भूकम्प प्रभावित संरचना पुननिर्माणसम्बन्धी नियमावली र त्यसअन्तर्गतका कार्यविधि पारित गरेको हो । अनुदान कार्यविधि, जथ्था प्राप्ति कार्यविधि, पुननिर्माण कार्यविधि लगायतका कार्यविधि मन्त्रिपरिषद्को बुधबारको बैठकले पारित गरेको छ । यससँगै अब भूकम्पपीडितले पाउने अनुदान रकम छोटो र सरल विधिबाट उपलव्ध गराउन बाटो खुलेको मन्त्री आनन्द पोखरेलले बताए ।

दुई लाख रुपैयाँ अनुदान, तीन लाख रुपैयाँ सामूसहिक जमानीमा अनुदान, १५ लाख रुपैयाँ गाउँमा र २५ लाख रुपैयाँ सहरमा धितो राखेर दुई प्रतिशत ब्याजदरमा पीडितले ऋण पाउने व्यवस्था समेटिएको छ । – अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।