0 COMMENTS

umes१९ फागुन, काठमाडौं ।प्लेन चढ्ने मन्त्रीलाई गाडीइको डिजेल किन चाहियो ? शनिबार पुल्चोकस्थित मन्त्रीक्वार्टरबाट निस्कदै गर्दा सहसचिवस्तरका कर्मचारी रन्किँदै थिए ।umes जहिल्यैतहिल्यै जहाज चढेर विभिन्न आयोजना र परियोजनाको अवलोकन भ्रमणका नाममा मन्त्रालयको बजेट सिध्यासकेका सिचाइमन्त्री उमेश यादवले शनिबार तिनै आयोजना पमुखलाई आफ्नो क्वार्टरमा बोलाएर गाडीका लागि डिजेल मागे । यसरी पड्किनेमा जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक निरञ्जनदेव पाण्डे, सिएमआइएसपीका प्रमुख कौशलकिशोर झा, सुनसरी–मोरङ सिँचाई परियोजना र भेरी बबई बहुउद्देश्यीय आयोजनाका प्रमुखहरु । क्याबिनेट मन्त्रीका लागि सरकारले मासिक दुई सय लिटर डिजल दिन्छ । अरुले जस्तै मन्त्री यादवले पनि त्यो मात्रमा तेल बुझ्छन् । तर जिन्सीमा होइन नगदमा । त्यसमाथी मन्त्री आफँै काठमाडौंमा कम बस्छन् । किनभनी उनी कर्मचारी नै हैरान हुने गरी आयोजना र परियाजनाको अवलोकनको नाममा उपत्यका बाहिर बढी जान्छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।