0 COMMENTS

bidhyadevi-bhandariकाठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी ओली फर्केको दुई सातामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत पठाउने कि नपठाउने भन्नेमा सरकार अन्यौलमा परेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा सहभागि हुने निश्चित भइसकेको र उनले राष्ट्रपतिलाई पनि पठाउदा राम्रो हुने सुझाइरहेको भए पनि सरकारले अझै निर्णय लिन सकेको छैन ।

राष्ट्रपति भएपछिको पहिलो विदेश भ्रमण, त्यो पनि महत्वपूर्ण छिमेकी मुलकमा हुने हुनाले के गर्ने भन्नेमा सरकारले अझै अन्यौलमा रहेको छ । पहिलो भारत भ्रमण अनौपचारिक रुपमा कसरी गर्ने र औपचारिक बनाउने कि भन्नेमा नै सरकार अन्यौलमा परेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

नयाँ दिल्लीमा फागुन २८ देखि तीन दिनसम्म चल्ने ‘आर्ट अफ लिभिङ’ अन्तरगतको ‘ओल्र्ड कल्चरल फेस्टिभल’ कार्यक्रममा सहभागि हुन राष्ट्रपति भण्डारी र परराष्ट्रमन्त्री कमल थापालाई निमन्त्रणा आएको छ । सरकारले निर्णय गरेको खण्डमा र भारतले उक्त भ्रमणलाई औपचारिकता दिएमा उनी जानसक्ने अधिकारीहरु बताउँछन् । आयोजकलाई आउने नआउने जानकारी समेत दिन नसकेको अधिकारीहरुले बताए । राष्ट्रपति कार्यालयका अधिकारीहरुले भ्रमणले भारतमा औपचारिकता पाउने हो भने जान हुने सुझाएका छन् । तर भर्खरै प्रधानमन्त्रीको भ्रमण भएकोले यो भ्रमणलाई कति महत्व दिने हो भन्नेमा भने अन्यौलता कायम नै छ ।

राष्ट्रपति भण्डारीका परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराईले राष्ट्रपतिको भ्रमणको टुंगो नलागेको बताए । राष्ट्रपतिले भ्रमण गर्ने वा नगर्ने भन्ने विषय सरकारको निर्णयमा केन्द्रित हुने हुनाले त्यहाँ कुन अवस्थामा छ जानकारी छैन, भट्टराईले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।