0 COMMENTS

Nepali-flag-misused-in-Gujratकाठमाडौं, १६ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गजरातमा नेपाली राष्ट्रिय झण्डाको अपमान हुँदा प्रधानमन्त्री केपी ओली मूकदर्शक बनेको आरोप लगाएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलकिो स्वागतका लागि गुजरातमा फहराइएको नेपालको राष्ट्रिय झण्डा त्रिकोणात्मक हुनुपर्नेमा चारवटा कुना भएको राखिएको थियो । आफ्नो राष्ट्रिय झण्डालाई भारतमा विकृत रुपमा प्रदर्शन गरिँदा प्रधानमन्त्री ओली प्रतिक्रियाविहीन हुनुलाई मोर्चाले अपमानको संज्ञा दिँदै विरोध गरेको हो ।

नेपाली झन्डाको अपमान हुँदा पनि सरकारले आपत्ति प्रकट नगरेको भन्दै मोर्चाले विरोध जनाएको छ । ‘उहाँहरुलाई सत्ताको मोह छ । राष्ट्र र राष्ट्रिय पहिचानका आधारहरुको कुनै लोभ र मोह छैन’, सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।