0 COMMENTS

Indian-oil-cor-IOCकाठमाडौं, १६ फागुन । नाकाबन्दी खुले पनि भारतबाट अझै सहज रुपमा इन्धन आपूर्ति हुनसकेको छैन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज रुपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत सावित भएको छ ।

इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग भरपर्दो वार्ता गर्न सरकार असफल भएको उपभोक्ता अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन् । सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कम मात्रै इन्धन भित्र्याउन सकेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ नआएको भन्दै आपूर्ति परिमाण बढाउन आनाकानी गरिरहेको बताए । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल ११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग छ । सामान्य अवस्थामा यो मागको झन्डै ६६ प्रतिशत रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।