0 COMMENTS

Bimal-Gharti-Magar-Ananta-Tamang-and-Anjan-Bistaकाठमाडौं, १४ फागुन । विश्व फुटबलकै प्रमुख गन्तव्य देश मानिन्छ स्पेन ।
जहाँबाट विश्वका स्टार लियाेन मेस्सी, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी उत्पादन भएका छन् । यस्ता स्टार खेलाडीको उत्पादन गर्ने स्पेनले नेपाली खेलाडीलाई पनि स्थान दिएको छ ।
नेपाललाई स्थान दिँदै स्पेनले राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगरसहित तीनजना स्ट्राइकरलाई आफ्नो क्लबमा बोलाएको छ ।
सन् १९९७ मा स्थापना भएको स्पेनको बी डिभिजनको समूह ४ मा रहेको मार्बेला युनाइटेड एफसी क्लबले १९ वर्ष मूनिको साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप फुटबल र दक्षिण एशियाली खेलकुद विजेता खेलाडी तथा उत्कृष्ट लयमा रहेका बिमलसंगै अनन्त तामाङ र अन्जन बिष्टलाई बोलाएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बिमलले मार्बेला युनाइटेडसंग औपचारिक सम्झौता गर्दै क्लबमा आबद्ध हुने छन् भने, अनन्त र अन्जनलाई भने क्लबमा दुई महिना प्रशिक्षण दिनेछ । जसअनुसार उनीहरु तीनै जना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्नेछन् ।
स्पेनमा दुई महिने प्रशिक्षणमा रहँदा उनीहरुले मार्च १३ देखि ३१ सम्म हुने मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्डको पनि भ्रमण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।