0 COMMENTS

Oli_Modi-Meet_India_127856689फागुन १३, काठमाडौं । ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधवार राति स्वदेश फर्किए। तर प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ ।

नयाँ संविधानको ब्याख्यामा साझा शब्द राख्न नसक्दा र दुई देशवीचको असमझदारी हटेको भन्ने शब्द राख्न भारतले नमान्दा संयुक्त वक्तव्य नै तयार भएन।

विज्ञप्तिमा के राख्न मानेन भारतले ?
नेपाली अधिकारीहरुले संशोधनपछिको संविधानलाई स्वागत गर्दै बाँकी विषयमा पनि छलफलबाट समाधान हुने भाषा प्रयोग गर्न प्रस्ताव गरेका थिए।

तर भारतीय पक्षले ८ फागुनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई उल्लेख गर्नुपर्ने अडान राखेको थियो। मोदीले नयाँ संविधान उल्लेखनीय उपलब्धी भएको र यसको सफलता सवै पक्षको आवान समेट्दा मात्रै हुने भन्दै संवाद र सहमति गर्न आग्रह गरेका थिए।

तर भारतीय पक्ष अन्तिमसम्म सहमत नभएपछि संयुक्त वक्तव्य नआएको कुटनीतिक स्रोतहरुले बताएका छन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।