0 COMMENTS

BHUKAMPAकाठमाडौं, १२फागुन /  बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ५ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।

परकम्पको धक्का काठमाडौंमा पनि महसुश गरिएको थियो ।

यसअघि गएको १० गते गोरखा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । यस्तै गएको माघ २२ गते राति १० बजेर पाँच मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलकै परकम्प गएको थियो । त्यसपछि पनि चार रेक्टर स्केलमाथिका तीन वटा पराकम्प गएका थिए ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि अहिलेसम्म परकम्पहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।