0 COMMENTS

gold-काठमाडौं, १२फागुन /सुनको भाउ लगातार बढ्दै दुई वर्ष अघिकै मूल्यमा पुगेको छ । लगातार भाउ बढ्दै बुधबार सुन तोलामा ५६ हजार रुपैयाँमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायीका अनुसार यस अघि २०७० साल चैत महिनामा सुनको भाउ ५६ हजार रुपैयाँ थियो । डलर मजबुत बनेकाले र अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा अस्थिर आएकाले भाउ लगातार उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा अस्थिरता बढ्दै गएकाले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्वदेशी बजारमा डलर उच्च विन्दुमा रहिरहनु तथा कच्चा तेलको मूल्यमा गिरावट आइरहेकाले सुनको भाउ पनि बढिरहेको उहाँको भनाई छ ।

शाक्यका अनुसार अमेरिकी गैर कृषि रोजगारदर लगातार केही महिनादेखि घ्टदो क्रममा रहेकाले शेयर बजारमा उतारचढाव आएको छ भने युरोपेली देशमा पनि उतारचढाव भइरहेको छ ।

सुनको मूल्यमा आएको उतारचढावले कारोबार समेत प्रभावित भएको शाक्यले बताउनुभयो । यस्तै बुधबार चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।