कास्की, फागुन १२ – हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दाना–१ काभ्रे गाउँबाट चार घण्टा उकालोमा पर्ने सुर्खे पाटन भन्ने ठाउँमा भेटिएको स्थानीय बासिन्दा कविन तुलाचनले बताउनुभयो ।
विमानमा आगो लागिरहेको उहाँले बताउनुभयो । विमान दुर्घटनाग्रस्त क्षेत्र वरपरको जंगलमा पनि आगलागी भएको छ । घटनास्थलमा स्थानीय बासिन्दा पुगेपनि प्रहरी भने त्यसतर्फ जाँदै छ ।
यात्रुहरु:
रेवती बराल, मुक्तिनाथ बास्तोला, विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, मोतिबहादुर केसी र पवित्रा केसी सो विमानमा सवार थिए ।
यसैगरी लोप्साङ लामा, बालकृष्ण निउरे, कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली र विदेशी नागरिकद्वय माक्सी युङ तथा राल रसिद अहमद रहेका थिए ।