0 COMMENTS

south-koreaकाठमाडौं, ११फागुन/ कोरियन भाषा परीक्षाको फारम भर्न यो वर्षदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने भएको छ । विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा परीक्षा फारम भर्न पाइन्थ्यो । तर आउँदो सातौं भाषा परीक्षामा दरखास्त दिन एमआरपी अनिवार्य गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।

कोरियन भाषा परीक्षाको दरखास्त फारम भर्दा उल्लेख गरेको नाम, थरको शब्द फरक पर्ने गरेको, दरखास्त फारममा उल्लेख गरेको जन्म मिति र भाषा परीक्षा उत्तीर्ण भएपछि रोजगार आवेदन फारम भर्दा पेस गरेको राहदानीमा उल्लेख भएको नाम, थर, जन्ममिति लगायतको व्यक्तिगत विवरण फरक परेको कारणले सयौं युवा भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जानबाट वञ्चित हुनु परेको कारण पहिल्यै पासपोर्ट अनिवार्य गरिएको उहाँले जानकारी दिनुभयो ।

विगत वर्षमा परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएकाले त्यसलाई रोक्न र भाषा परीक्षालाई अझ स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनसमेत यो निर्णय गरिएको उहाँको भनाइ थियो । भाषा परीक्षा दिन चाहने तर राहदानी नबनाएकालाई समयमै राहदानी बनाउन इपिएस कोरिया शाखाले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।