0 COMMENTS

gasकाठमाडौं,११ फागुन / नेपाल आयल निगमले काठमाडौं उपत्यकामा मंगलबारदेखि सवारीसाधनलाई चाहेजति इन्धन वितरण गर्ने भएको छ ।

अहिलेसम्म मोटरसाइकल र गाडीलाई पाँच र देखि १५ लिटरसम्म मात्र डिजेल र पेट्रोल दिँदै आएकोमा मंगलबारदेखि आवश्यक परेजति तेल दिइने बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

रक्सौल नाकाबाट इन्धन आपूर्ति सहज भएकाले परिमाणात्मक बन्देज हटाइएको मन्त्रालयले जनाएको छ । पेट्रोलपम्पमा उपभोक्ताको लाइन कम हुन भने एक हप्ता जस्तै लाग्ने नेपाल आयल निगमले जनाएको छ ।

यस्तै मंगलबारदेखि उपभोक्तालाई भरी सिलिण्डरको ग्यास बिक्रि गर्ने तयारी छ । डिलर मार्फत भरी सिलिण्डरका ग्यास उपभोक्तालाई पठाईने ग्यास बिक्रेता महासंघ नेपालले जनाएको छ । महासंघका अनुसार यो महिनामा खपतको ६० प्रतिशत ग्यास आयात भइरहेको ।

४० प्रतिशत अझै अभाव भएकाले सबै उपभोक्ताले भन्ने बित्तिकै भरी सिलिण्डरका ग्यास नपाउने महासंघका महासचिव चन्द्र थापाले बताउनुभयो । माग अनुसारकै ग्यासको आपूर्ति भए सहज रुपमा वितरण हुन एक महिना लाग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।