0 COMMENTS

sosthani-फागुन १०, काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रत आज सकिँदै छ । आज देशका विभिन्न नदी तथा तलाउमा ब्रतालुको विशेष घुईंचो हुने गर्छ ।

राजधानीदेखि १७ किलोमिटर उत्तर–पूर्वस्थित साँखुमा रहेको साली नदीकिनारमा एक महिनादेखि स्वस्थानीको पूजा आराधना गर्दै आएका भक्तजनको व्रत पनि आजनै साङ्गे गरिन्छ । ब्रत कथामै साली नदी उल्लेख भएकोले साली नदी   साखुमा आज बिशेष घुइचो हुने गर्छ ।

व्रतको अन्तिम दिन आज एक सय ८ सुपारी, पान, फूल, रोटी, ल्वाङ, अक्षता चढाई स्वास्थानीको पूजा गरी रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने परम्परा छ । स्वस्थानीको व्रत बसे वा कथा सुने सुख, शान्ति, पारिवारीक सन्तोष र उन्नती हुने जनविश्वास छ ।

महादेवलाई पतिका रूपमा पाउने पार्वतीको मनोकांक्षा भगवान् विष्णुले निर्देशन गरेअनुसार स्वस्थानी अनुष्ठानपछि पूरा भएकाले दु:खीको उद्धारका लागि पार्वतीले सप्तपातालमा, अश्वस्थामा र मत्र्यमण्डलमा सप्तऋषिलाई स्वस्थानी व्रतकथाको प्रचार गर्न पठाइएको भन्ने कथामा उल्लेख छ ।

स्वस्थानीको व्रत बसेमा र कथा भन्ने–सुन्ने गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेकाले स्वस्थानीको व्रतकथा नेपाली जनजीवनमा लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।