0 COMMENTS

Nabina Lamaकाठमाडौं, १० फागुन । एमाले निकट अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । आइतबार राति घोषित मतपरिणाम अनुसार अखिल इतिहासमा  नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ बनीन्न सफल भइन ।

दीपक गौतमलाई २१६ मतले हराउँदै एमाले संस्थापन पक्षधर लामाले अनेरास्ववियु अध्यक्षमा निर्वाचित भएकी हुन् । पदाधिकारीमा पनि अधिकांश लामा समूहकै नेताहरु निर्वाचित भएका छन् । उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भएका छन् । सबै लामा समूहका हुन् ।

यसैगरी महासचिव र कोषाध्यक्षमा पनि पनि नविना लामा समूहका क्रमशः ऐन महर र झपिन्द्र खत्री विजयी भए । सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूह अर्थात् माधव नेपाल पक्षधर हुन् ।

यसैगरी निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भएकी छन् । विगत २० वर्षदेखि अखिल राजनीतिमा क्रियाशील लामा काभ्रेकी हुन् । उनी १२ वर्षको कलिलो उमेरदेखि नै अखिल राजनीतिमा क्रियाशील छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।