0 COMMENTS

ram-chandra-ser-bahadurकाठमाडौं, ९ फागुन । कांग्रेस महाधिबेशन आउन केही दिनमात्र बाँकी भएका बेला सभापतिका दुई उम्मेद्धार प्यानल मिलाउन जुटेका छन् । संस्थापन पक्षबाट सभापतिको उम्मेद्धार बन्ने पक्कापक्की जस्तै भएपछि रामचन्द्र पौडेलले प्यानल मिलाउन र मत माग्न थालेका छन् । उनले आगमी केन्द्रीय समितिमा बिद्यान संशोधनको टुंगो लगाएपछि प्यानल घोषणा गर्ने तयारीमा छन् । तीन उपसभापति र २ उपमहामन्त्री पद थप्ने तयारी संस्थापन पक्ष रहेको छ ।

महामन्त्री प्रकाशमान सिंह, सुजाता कोइरालालाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई फेरी महामन्त्री बनाउने तयारीमा पौडेल रहेका छन् । बिद्यान संशोशन नभए संस्थापन पक्षमा टीम मिलाउन निकै हम्मेहम्मे पर्ने भएको छ ।

त्यसैगरी टिम मिलाउन वरिष्ठ नेता शेरबहादुर देउवा पनि जुटेका छन् । बिद्यान संशोधन नगर्ने पक्षमा देखिएका देउवाले महामन्त्रीको अझै टुंगो लगाइसकेका छैनन् । विपी पुत्र सशांकलाई फकाईरहेका छन् । त्यसैगरी कांग्रेस राजनीतिमा ठुलो प्रभाव राख्ने खुमबहादुर खड्कासँग पनि देउवाले छलफल चलाएका छन् ।

देउवाले अर्जुननरसिंह केसी, गगन थापासँग पनि छलफल गरेका छन् । उनले आफ्नो टिममा आउन र पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरेका छन् ।एस काठमाण्डाै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।