0 COMMENTS

काठमाडौं, ९ फागुन । सरकारले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा निजी क्षेत्रबाट प्रस्तावित मेडिकल आफैँ चलाउने तयारी गरेको छ ।

प्रस्तावित मेडिकल कलेजको संचालक संस्था नेपाल स्वास्थ्थ सेवा सहकारीले सरकारलाई किनिदिन वा ट्रष्टको रुपमा संचालन गरिदिन पत्राचार गरेपछि पहिलो विकल्पमा प्रक्रिया अघि बढाइएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनको सुझाव अनुसार मन्त्रिपरिषद बैठकले उक्त कलेज किन्न आर्थिक कानुनी आधारबारे सिफारिस गर्न समिति बनाएको छ ।

स्वास्थ्य मन्त्रालयस्रोतका अनुसार समितिले केही समयभित्रै कलेजका नाममा भएको लगानी, बैंकबाट लिइएको ऋणको अवस्था आदिको अध्ययन गरेर लागत अनुमान किनेर खरिद प्रक्रियासमेत सुझाउनेछ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।