फागुन ९, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अब आफुहरुले गर्ने आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।
शनिवार सिरहाको नरहामा फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले ५ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगन गरेर आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए ।
अध्यक्ष यादवले विभिन्न दल परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए।
प्रतिक्रिया दिनुहोस्