0 COMMENTS

kalo-jhandaफागुन ७, काठमाडौं । भारत भ्रमणका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालोझन्डा देखाइएको छ ।

मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा अध्ययनरत तथा अन्य काम गर्दै बसेका मधेसीविद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको बताइएको छ ।

कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका युनाईटेड मधेश संस्थामा आबद्ध विद्यार्थीहरुलाई सुरक्षाकर्मीले भित्र जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा मधेसीहरुले कालो झण्डा देखाएका हुन् ।

कालोझन्डा देखाउने क्रममा भारतीय प्रहरीले मधेसी मोर्चाका विद्यार्थीहरुलाई कुनै हस्तक्षेप गरेको छैन । विद्यार्थीहरुले आफूहरुले देखाएको कालोझन्डा प्रधानमन्त्रीले देखेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।