0 COMMENTS

12736963_850515681740598_1929506288_oफागुन ७ काठमाण्डाै/जुगल कितावी किरोहरुको चोक नामक क्लबको स्थापना जुगल इङलिस मिडियम स्कूल कपनले विद्यार्थीहरुको पढ्ने तथा लेख्ने कला अभिवृद्धि गर्न जुगल कितावी किरोहरुको चोक नामक क्लबको स्थापना गरेको छ । यस क्लवमा खासगरी पाठ्यक्रमका किताबहरु अतिरिक्त अरु पनि पुस्तक पढ्ने र लेख्ने चाहना भएका विद्यार्थीहरु सदस्य छन् । उनीहरु प्रत्येक हप्ता हप्ताभरी आफुले पढेको कुनै पनि पुस्तकहरु बारेमा साथीहरु एवं शिक्षकहरुसँग सेयर गर्ने गर्छन ।
यो क्लबले प्रत्येक महिना एकजना साहित्यिक तथा अन्य ख्यातीप्राप्त व्यक्तित्वहरुसँग भेटघाट तथा भलाकुसरी पनि गर्ने गर्दछ । यस महिना उनीहरुको लागि व्यक्तित्व थिए प्रसिद्ध साहित्यकार एवं अध्यापक श्री प्रभा भट्टराई । खासगरी बालबालीकाहरुको लागि छन्दमा ज्ञानज्ञुनका कुरा समेटीएका कविता तथा कथाहरु लेख्न रुचाउने साहित्यकार प्रभाका १४ वटा विभिन्न कृतिहरु बजारमा आइसकेका छन् ।
प्रजातन्त्र दिवसको पावन अवसरमा क्लवका सदस्यहरु विहान १० बजे विद्यालय प्रांगणमा भेला भए । हातहातमा फूल, खदा लिएर साहित्यकार प्रभा भट्टराइलाई प्रतिक्षा गरीरहेका विद्यार्थीहरुले उहाँ स्कूल प्रांगणमा आउन साथ हर्षित हुँदै गडगडाहट ताली स्वागत गरे ।
कार्यक्रम आरम्भ भयो । विद्यालयकी नेपाली विषयका शिक्षिका प्रभा वाग्लेले कार्यक्रमलाई शुरु गर्नुभयो । उहाँले ‘कसरी पढ्ने र छन्दमा कविता कसरी लेख्ने’ भन्ने आजको कुराकानीको मुख्य विषय भएको बताउँदै स्वागत मन्तव्यको लागि विद्यालयका प्रिन्सिपल विवेक विनयीलाई आग्रह गरेपछि कार्यक्रमले थप गति लियो ।

पढौं, लेखौं अघि बढौं भन्ने क्लबको मुख्य नारा हो र त्यही अनुरुप अघि बढ्न विद्यार्थीहरुलाई उर्जा मिलोस भनेर यस्ता व्यक्तित्वहरुलाई विद्यार्थीहरुको माझ सधै निम्त्याउँने बताउदै प्र.अ. विनयीले आजको कुराकानी विद्यार्थीहरुको लागि अत्यन्तै महत्वपूर्ण हुने विश्वास व्यक्ति गर्नुभयो । उहाँको मन्तव्य लगत्तै कार्यक्रम संचालीका प्रभा वाग्लेले आफ्ना अमूल्य कुराहरु राख्नको लागि साहित्यकार प्रभा भट्टराइलाई अनुरोध गर्नुभयो ।

साहित्यकार भट्टाराइले छन्द कविताको बारेमा विस्तृतमा व्यख्या गर्नुभयो । उहाँले राम्रो कविता रचना गर्नुको लागि सबैभन्दा पहिला राम्ररी पटक पटक र सधैं पढ्ने अनि लेख्ने अभ्यास गर्नुपर्छ भन्दै विद्यार्थीहरुलाई उत्साहित पार्नुभयो । उहाँले आफु १० वर्षको हुँदा आमा शिर्षकको कविता लेखेर साहित्यमा थाहा नपाई पर्दापण गरेको बताउँदै तपाईंहरुले पनि मैले जस्तै लेख्न थाल्नुभएको छ त्यसकारण भविष्यमा यो देशको उज्जवल नक्षत्र बन्नुहुने छ भन्दै थप जोस जाँघर भरिदिनुभयो ।

कार्यक्रमको अर्काे चरमा विद्यार्थीहरुलाई २० मिनेट कविता लेख्न स्वतन्त्र छाडिदिइयो । उनीहरुले खुब सुन्दर कविताहरु लेखेर सबैले बाचन गरी सुनाए । साहित्यकार भट्टराइले ति कविताहरु सुनेर प्रतिक्रिया दिनुभयो । उहाँ सबै कवितालाई प्रशांसा गर्नुभयो ।
अन्तमा सहभागीहरु सबैले तस्विर खिचेर कार्यक्रमलाई अन्त्य गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।