0 COMMENTS

KP-Oli_Sushma-Swarajकाठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो छ दिने भारत भ्रमणका क्रममा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका छन् । नेपाल वायुसेवा निगमको विमानबाट इन्दिरा गान्धी अन्तराष्ट्रय विमानस्थलमा अपराह्न उत्रिएका ओलीलाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गरिन् ।

प्रधानमन्त्री ओलीसँगै ४६ सदस्यीय नेपाली प्रतिनिधि मण्डल दिल्ली पुगेको हो । ओली विमानस्थलबाट सिधै राष्ट्रपति भवनतर्फ गएका छन् । उनीसहित १७ जनाका लागि राष्ट्रपति भवनमै बासको व्यवस्था गरिएको छ । भ्रमणटोलीका अन्य सदस्य भने होटलमा रहनेछन् ।

ओली बस्न लागेको राजभवन बेलायतका अन्तिम गभर्नर लर्ड माउन्टब्याटेन बसेको भव्य र सानदार भवन हो ।

दिल्लीमा यस्तो छ ओलीको कार्यक्रम

७ फागुन : साँझ ४:३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको स्वागत, सीधै राष्ट्रपति भवन, साँझ ७ बजे बाह्रखमबारोडस्थित नेपाली दूतावासको रिसेप्सनमा सहभागी, बेलुका ९ बजे राष्ट्रपतिभवन फर्किने

८ फागुन : बिहान १० बजे राष्ट्रपतिभवनमा गार्ड अफ अनर १०:३० महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली, ११ बजे राष्ट्रपतिभवनमै विदेशमन्त्री सुष्मा स्वराजसाग छलफल, १२ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसाग हैदरावाद हाउसमा भेटवार्ता, १ बजे समझदारीपत्र आदान–प्रदान र प्रेस ब्रिफिङ, अपराह्न ४ बजे राष्ट्रपतिभवनमा गृहमन्त्री राजनाथ सिंहसँग र ४:४५ मा वित्तमन्त्री अरुण जेट्लीसँग छलफल, साँझ ५:३० मा उपराष्ट्रपति हमिद अन्सारीसाग मौलाना आजाद रोडस्थित उनकै निवासमा भेटवार्ता, साँझ ७ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपतिभवनमा शिष्टाचार भेटवार्ता

९ फागुन : बिहान ९ बजे देहरादुन प्रस्थान, त्यहीबाट १०:३० मा हेलिकोप्टरबाट तेहरी हाइड्रो पावर परियोजना अवलोकन, दिउँसो १:५० दिल्ली फर्कने, ३:३० बजे भारतीय नेताहरूसँग राष्ट्रपतिभवनमा भेटवार्ता गर्ने

१० फागुन : बिहान ९:३० बजे ऊर्जा राज्यमन्त्री पियुष गोयलले प्रधानमन्त्री ओलीसाग राष्ट्रपतिभवनमा भेटवार्ता गर्ने, ११ बजे भारत विश्व सम्बन्ध परिषद्को कार्यालय सप्रु हाउसमा सम्बोधन गर्ने, साँझ ६ बजे ताज प्यालेस होटेलमा भारतीय व्यवसायीसँग छलफल गर्ने

११ फागुन : बिहान ७:३० बजे गुजरातको भुजु प्रस्थान, ९:४५ भूकम्पछिको पुनर्निर्माणबारे होटेल रेगेन्टा रिसोर्टमा हुने प्रस्तुतीकरणमा सहभागी, ११:३० बजे भीमसारको पुनस्र्थापित बस्ती भ्रमण र स्थानीय बासिन्दासाग छलफल, दिउसो १:१५ बजे मुन्द्रा रिलोकेसन साइट तथा जी एन्ड के अस्पतालको निरीक्षण, अपराह्न ४ बजे मुम्बई प्रस्थान, साँझ ७:३० बजे महाराष्ट्रका गभर्नरसाग राजभवनमा भेटवार्ता

१२ फागुन : हिन्दुस्थान युनिलिभरको भ्रमण, एक्सक्लुसिभ व्यापारिक समूहसँग अन्तरक्रियात्मक दिवाभोज, दिउसो

२:३० बजे अभिनेत्री मनीषा कोइरालाको संयोजनमा बलिउड कलाकारहरूसाग पर्यटन प्रवद्र्धनका लागि छलफल,

साँझ ५ बजे नेपालका लागि प्रस्थान

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।