0 COMMENTS

KP-Oliकाठमाडौं, ६ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र सत्ता साझेदार दल एमाओवादीका महासचिव कृष्णबहामदुर महरा सम्मकाे जम्बाे टाेली लीएर भ्रमणमा   सहभागि हुने भएका छन् ।

भोलीदेखि साता ब्यापी भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले राजनीनितिक दलका नेताहरुको पनि सहभागिता गराउन उनीहरुलाई भ्रमण दलमा सहभागि गराएका छन् । कांग्रेस नेता खड्का, एमाओवादी महासचिव महरा, एमाले नेता भानुभक्त ढकाल र राजन भट्टराई पनि भ्रमण दलमा सहभागि हुने भएका छन् ।

भ्रमणको पूर्वसन्ध्यामा बसेको सर्वदलिय बैठकले दलका नेताहरुलाई पनि सहभागि गराउन आग्रह गरेपछि प्रधानमन्त्री ओलीले राजनीतिक दलको एउटा समुह बनाएका हुन् । कांग्रेसले खड्कालाई र एमाओवादीले महरालाई पठाउने भएको छ ।

प्रधानमन्त्री ओली भ्रमण दलमा ४६ जनाको सहभागिता रहने भएको छ । तर भारतले भने यो संख्या ठुलो भएको प्रतिक्रिया परराष्टमन्त्रालयलाई पठाएको छ । तर प्रधानमन्त्री ओलीले भ्रमण दलको संख्या नघटाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।