0 COMMENTS

काठमाडौं, ६ फागुन । आन्द्राको शल्यक्रिया गरिएका पोखराका तीन महिने शिशु संयोग अधिकारीको हातका पाँचवटै औला काट्नु परेपछि कान्ति बाल अस्पतालले छानविन शुरु गरेको छ ।
गत पुस १३ गते भर्ना भई १६ गते आन्द्राको शल्यक्रिया गरिएका संयोगको आन्द्राको शल्यक्रिया सफल भए पनि हातमा रातो फोका देखापरेका छ ।
ती फोकाका कारण संक्रमण भएको भन्दै हातका पाँचवटै औला काटेर अस्पतालले उपचार प्रक्रिया अघि बढाएपछि अभिभावकले विरोध जनाएका थिए । अस्पतालका प्रवक्ता कैलाश झाले घटनाबारे छानविन भइरहेको र विस्तृत विवरणसहितको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए ।
ती शिशुको जन्मजात आन्द्रा बटारिएकाले शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपछि औलाहरुमा केही फोका देखिएका थिए । त्यसको उपचार गर्नुपर्छ भन्दाभन्दै परिवारले डिस्चार्जका लागि कर गरे, झाले भने, त्यसपछि पुनः यहाँ आउन्जेल हातमा संक्रमण फैलिन थालिसकेको थियो ।
संक्रमणबाट बचाउन औला काट्नुपरेको भन्ने भनाइ सम्बन्धित चिकित्सकबाट आइरहेको छ तर यसको वास्तविकता छानविन गर्न अस्पतालले समिति गठन गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
शिशुका अभिभावकले भने अस्पतालको लापरवाहीका कारण शिशुको दाहिने हातका पाँचवटै औला काट्नुपरेको आरोप लगाएका छन् ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।