0 COMMENTS

Pasang'काठमाडौं, ५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि धरहरा पुनर्निर्माणका लागि एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले एक महिनाको तलब दिने घोषणा गरेको भोलिपल्ट उपराष्ट्रपति पुनले पनि एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।धरहरा छिटो पुनर्निर्माण हुनुपर्छ भन्ने पक्षमा रहेका उपराष्ट्रपति पुनले बुधबार यस्तो घोषणा गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

साथै उपराष्ट्रपति पुनले भूकम्पले भत्किएका अन्य संरचना पनि छिटो पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।