0 COMMENTS

dharahara.icफागुन, ४ काठमाडौं /सरकारले भूकम्पबाट क्षतिग्रस्त भएको राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको पुनर्निर्माण आजदेखि सुरु गर्न लागेको छ । आज अपरान्ह ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा निर्माण अभियानको घोषणा गर्ने सरकारको तयारी गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पर्यटन परिषदको बैठकको निर्णय अनुसार अभियान सुरु गर्ने निर्णय गरेको थियो । सरकारले भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माण गर्न सार्वजनिक आह्वान गरेर निर्माण गर्ने तयारी समेत गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत माघ २ गते ठूलै तामझामका साथ सुरु गरेको पुनर्निर्माण महाअभियान भने सेलाएको छ । काठमाडौंको रानीपोखरीबाट राष्ट्रपति विद्यादेवी भण्डारी र ललितपुरको बुङमतीबाट प्रधानमन्त्री केपी ओलीले महाअभियानको सुरुवात गरेपनि त्यसपछि खासै काम भएको पाईएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।