0 COMMENTS

 

no-lightकाठमाडौं, ४ फागुन  । फागुन ७ गतेदेखि लोडसेडिङ दुइ घण्टा घट्ने भएको छ । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने भएको हो। उक्त परिमाणको बिजुली ल्याउनेबारे सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडबीच सम्झौता भयो।

आगामी फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीबाटै रिमोट कन्ट्रोलको स्विच अन गरेपछि ८० मेगावाट नेपाल बिजुली आउनेछ त्यसपछि नेपालमा जारी दैनिक १४ घण्टा लोडसेडिङबाट दुइ घण्टा कम गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार करिब ६ लाख युनिट बिजुली निरन्तर प्रवाह भए दैनिक एक घन्टासम्म लोडसेडिङ कम हुन्छ। प्राधिकरणले भारतबाट असार दोस्रो सातासम्म ८० मेगावाट बराबर दैनिक १९ लाख ४६ हजार युनिट युनिट बिजुली किन्नेछ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा निर्माण भए पनि नेपालतर्फ सबस्टेसन तयार नभएकाले तत्काल १३२ केभीमै चार्ज गरेर बिजुली ल्याउन लागिएको हो।

प्राधिकरणले किन्न बिजुली टनकपुरबाट किनिरहेको मूल्य भारु प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा (करिब पाँच रुपैयाँ ५० पैसा) मा किन्ने भएको छ।

नोडल एजेन्सी फेरिएपछि बिजुली महँगो पर्ने (प्रतियुनिट करिब १३ रुपैयाँ) हुँदा प्राधिकरणले सस्तो बिजुली दिन भारतसँग निरन्तर आग्रह गर्दै आएको थियो।

ुलोडसेडिङ घटाउने प्राधिकरणले आगामी साता तालिका परिवर्तन गर्ने तयारी गरेको छ। संकटका बेला प्रणालीमा ८० मेगावाट थपिनु निकै सकारात्मक पक्ष रहेको उनले बताए।

प्राधिकरणले मंगलबारदेखि नै बिजुली ल्याउने तयारी गरे पनि त्यो सम्भव नहुने भएको छ। सुरुमा दुई दिन परीक्षण प्रवाह गर्न समय लाग्ने हुँदा शुक्रबार वा शनिबारपछि मात्र औपचारिकरुपमा बिजुली आउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।