0 COMMENTS

newsकाठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश पाँच तारे होटलले सवारी र घरजग्गा कर तिरेका छैनन् ।

ती होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गाको कर अहिलेसम्म नतिरेका हुन् । ह्यायात, एभरेष्ट, र्याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एण्ड यतिले अहिलेसम्म सवारी र घरजग्गा कर नतिरेको महानगरपालिकाका राजस्व माहाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

महानगरपालिकाभित्र रहेको सोल्टी होटलले भने सबै किसिमको कर तिरिसकेको छ । अन्नपूर्ण होटलले सवारी करबाहेकका अन्य सबै कर तिरेको प्रमुख काफ्लेले जानकारी दिए । ती होटेलले वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने हुन्छ ।

काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा कर तिर्न भने अझै अटेर गरेको प्रमुख काफ्ले बताउछन् ।

लामो समयसम्म कर तिर्न आलटाल गरेपछि त्यस्ता होटललाई कारबाही गर्न सुरु गरेकोसमेत उनले जानकारी दिए । कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने, त्यति गर्दासमेत नमाने तालाबन्दी गर्नेसमेत उनको भनाई छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।