0 COMMENTS

gasकाठमाडौं ३ फागुन। उपभोक्ताले ग्यास अभाव झेलेको पाँच महिनाभन्दा बढी भइसक्यो । यसबीचमा उपभोक्ताले दाउरा, ब्रिकेट, इन्डक्सन कुकर आदिको सहायताले छाक टारे ।
अभावकैबीच सरकारले आधा सिलिन्डर ग्यासको कन्सेप्ट ल्याएर केही हदसम्म भए पनि अभाव कम गर्ने प्रयास गर्‍यो । यद्यपि, ग्यास अभाव कायमै छ ।
गत साता नाकबन्दी खेले पनि पर्याप्त मात्रामा ग्यास आइरहेको छैन ।

अझै पनि उपभोक्ता ग्यास पाइनिे हो कि होइन भन्ने चिन्तामै छन् । नेपाल आयल निगमले भने आपूर्ति बढ्दै गएकाले अव उपभोक्ताले पूरै सिलिन्डर ग्यास पाउने दाबी गरेको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्का वीरगन्ज नाका खुला भएर बिस्तारै आपूर्ति बढेकाले अब सिलिन्डरमा पूरै ग्यास भरेर दिने बताउँछन् ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले ग्यास अभाव टार्न भन्दै गत भदौमा उपभोक्तालाई ७.१ किलो ग्यास दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।