0 COMMENTS

Birgunjफागुन,२ वीरगञ्ज /एक साताको अवधीमा भारतबाट वीरगन्ज नाका हुदै ८५ लाख लिटर इन्धन नेपाल भित्रिएको छ ।

भारतले ५ महिनादेखी नेपामाथि लगाउँदै आएको नाकाबन्दी खुलेपछि आठ दिनयता भारतबाट वीरगन्ज नाका हुँदै ८५ लाख ६२ हजार लिटर इन्धन नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

गत माघ २२ गते देखि २९ गते शुक्रबारसम्म भारतबाट वीरगन्ज नाका हुँदै ४६ लाख ९४ हजार लिटर डिजेल, २१ लाख ५६ हजार लिटर पेट्रोल, १६ लाख ३२ हजार लिटर हवाई इन्धन र ८० हजार लिटर मट्टीतेल नेपाल भित्रिएको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा पौडेलले बताए।

उनका अनुसार आठ दिनको अवधीमा तीन सय २२ ट्याङकर डिजेल, एक सय ९४ टयाङकर पेट्रोल, ७७ टयाङकर हवाइ इन्धन र ६ टयाङकर मट्टीतेल गरि कुल पाँच सय ९९ टयाङकर इन्धन वीरगन्ज नाका हुदै नेपाल भित्रिएको हो।

नाका खुलेपछिको आठ दिनको अवधीमा चार सय १० टन अर्थात २३ बुलेट ग्यास पनि वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको सूचना अधिकृत पौडेलले बताए। माघ २२ गते नाका खुलेपनि रक्सौलमा रहेको भारतीय आयल कर्पोरेशन ९आइओसी० को डिपोले भने गत सोमबार देखि मात्र नेपाल आयल निगमलाई सहजरुपमा इन्धन दिन थालेको हो।

नाका खुलेपछि नेपाल आयल निगमले पठाएको ट्याङकरहरुमा रक्सौलमा रहेको भारतीय आयल कर्पोरेशन आइओसीले गत सोमबारदेखि मात्र सहजरुपमा इन्धन भर्न थालेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख भानुभक्त खनालले बताए।

मधेसी दलले भारतसँगको सीमामा गत असोज ७ गते नाकाबन्दी गरेपछि रक्सौलस्थित आइओसीको डिपोले नेपाल आयल निगमलाइ तेल दिन छाडेको थियो।

तर गत सोमबार आईओसीको केन्द्रीय कार्यालयले आफू मातहतको रक्सौल डिपोलाई आयल निगमको माग अनुसार तेल दिन निर्देशन दिएपछि मात्रै रक्सौल डिपोले सोमबार देखि नै नेपाली टयाङकरमा इन्धन भर्न शुरु गरेको हो।

भारतबाट नेपालका लागि वीरगन्ज नाका हुदै ७० प्रतिशत डिजेल र पेट्रोल, ८० प्रतिशत ग्याँस र ९० प्रतिशत हवाइ इन्धन भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।