0 COMMENTS

kamal-thapa 2काठमाडौँ, १ फागुन । उपप्रधानमन्त्री कमल थापासँग विभिन्न बैंकमा गरी आठ लाख पाँच हजार रुपैयाँ रहेको छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गत माघ २८ गते बुझाएको आफ्नो सम्पत्ति विवरणमा काठमाडौँमा ११ आनाको पैतृक जग्गा र पत्नी प्रलिताका नाममा स्थायी निवास रहेको मकवानपुरमा स्वआर्जनको पाँच कठ्ठा रहेको उल्लेख छ ।
त्यस्तै उनीसँग सुनको गहना ११० र चाँदीका सामान ३०० तोला छ । दुवै पैतृक र स्वआर्जन गरी कमाएको बताइएको उल्लेख छ ।

उपप्रधानमन्त्री थापाको सवारी साधनमा १८ लाख पर्ने ल्यान्डक्रुजर गाडी र २७ लाखको फियर कार छन् ।

अर्थराज्यमन्त्रीसँग पाँच तोला सुन
त्यस्तै अर्थराज्यमन्त्री दामोदर भण्डारीकी श्रीमती कवितासँग पाँच तोला सुन रहेको तथा उहाँको दुई बैंकमा गरी चार लाख ७० हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।