0 COMMENTS

धनकुटा,फाल्गुन १ ।धनकुट्टा जिल्लाको पाख्रिबास गाबिसबाट प्रहरीले शुक्रबार भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ हुनेमा पाख्रिबास १० बस्ने ४० बर्षिय टेक बहादुर राई रहेका छन्।

राईको घरमा रहेको गाईगोठमा लुकाई राखेको भरुवा बन्दुक एक थान र घरको चुलो गाह्रोमा लुकाई राखेको बन्दुकको नाल एक थान सहित उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

बरामद बन्दुक सहित निजलाई इलाका प्रहरी कार्यालय पाख्रीवासले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।