0 COMMENTS

woman_footal_nepali_team_819018843फागुन १, काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकालाई हराएको छ । नेपालले श्रीलंकालाई ४–० ले हराएको हो ।

यो जितपछि नेपाल साग फुटबलको फाइनलमा पुगेको छ । अब नेपालको भेट स्वर्ण पदकका लागि भारत र बंगालदेशबीचको खेलको विजेतासँग हुने छ ।

सिलोङस्थित जवहरलाल नेहरु स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि माया लिम्बूको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको थियो ।

खेलको सुरुआती १५ मिनेटभित्र पहिलो गोल गरेको थियो । मनमाया लिम्बुले डि बक्सबाहिरबाट प्रहार गरेको फ्रि किकमा श्रीलंकन खेलाडीले आत्मघाती गोल गरेका थिए । उक्त फ्रि किकमा श्रीलंकन खेलाडी एजे परेराले हेड गर्दा गोलरक्षक एजेम विजारत्ने स्तब्ध भएकी थिइन् ।

पहिलो हाफ १-० मा टूंग्याएको नेपालले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको हो । नेपालका लागि ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरिन् । २-० को अग्रता लिएको नेपालले त्यसपछि आक्रमक खेल खेल्यो ।

नेपालका लागि ६३ औं मिनेटम सावित्राले नै अर्को गोल थप्दै अग्रता तेब्बर पार्न सफल भइन् । खेलको ७९ अौं मिनेटमा सपना लामाले गोल गर्दै ४-० को अग्रता दिलाउँदै रजत पदक पक्का गराउन सफल भइन ।

अर्कोतर्फ आजै हुने भारत र बंगलादेशबीचको खेलमा जित हात पार्ने टोलीले फाइनलमा नेपालको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।