0 COMMENTS

prakash-man-singh-550x372काठमाडौ २९ माघ । कांग्रेस संस्थापनका मुल खम्वा सुशील कोइरालाको निधनसँग भावी सभापतिमा उम्मेद्धारको संख्या ह्वातै बढेको छ । कोइरालाको निधनपछि भावी सभापतिको उम्मेद्धारमा रामचन्द्र पौडेलदेखि अर्जुननरसिंह केसीसम्म लागेका छन् ।
कोइरालाको निधनपछि संस्थापन पक्षबाट भावी सभापतिको आफु एक्लो उम्मेद्धार भएको दावी गर्दै आएका वर्तमान कार्यबहाक सभापति रामचन्द्र पौडेललाई महामन्त्री प्रकाशमान सिंहले अस्वीकार गरेका छन् । विहीबार साँझ संस्थापन पक्षका नेताहरुबीच भएको छलफलमा पौडेललाई महामन्त्री सिंह, अर्का महामन्त्री कृष्णप्रसाद सिटौला, डा. रामशरण महतले अस्वीकार गरेका छन् ।
पौडेललाई भावी सभापति बनाउन संस्थापन पक्षका महेश आचार्य लागेपनि कोइराला परिवार भने मौन बसेको छ । डा. सशांक कोइराला, शेखर कोइराला, सुझाता कोइराला मौन बसेका छन् भने अन्य नेताहरुले पौडेलाई अस्वीकार गरेका छन् ।
पौडेललाई अस्वीकार गर्दै महामन्त्री सिंहले आफूसँग गणेशमान, विपी, गिरिजा र सुशीलको लिगेसी भएको दावी गरे । ‘म र सशांक चुनावी मैदानमा जाँदा सवैलाई चित्त बुझछ, किनकी हामीसँग सवै दिंवगत अग्रज नेताको लिगेसी छ’ सिंहले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।