0 COMMENTS

काठमाडाै २८ माघ/ नेपाली कांग्रेसका दिवंगत सभापति एवंम पूर्वप्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारको लागि अस्पताल लान नसकिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोवाईल देखाउँदै भने मैले टिचिङ्गको एक्सचेन्जमा एम्बुलेन्सको लागि १३ पटक फोन गरे तर फोन उठेन । पूर्वराष्ट्रपति रामबरण यादवलाई पनि टेलिफोन गरे । मैले ईन्जेक्सन लगाउँदै एम्बुलेन्सको ल्याऔ भनि सल्लाह गर्दै फोन गरिरहेको थिए । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो ।’
उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङ्गकोको ६०१ नम्बर बेड बुक गरिएको भएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे ।

डा. योगीले भने,‘सुशील दाईले शुक्तवार ज्वरो आए जस्तो भयो भन्नु भयो त्यसको उपचार गरियो । शनिवार अलि गाह्रो भयो भन्नु भयो एण्टिबायोटिक सुरु गरियो । आईतवार विहान ६ बजे बोलाउनुभयो म साढे ६ बजे पुगे त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो । उहाँले कमजोर महसुस भयो भन्नु भयो मैले टिचिङ्गको ६०१ नम्बर बेड बुक गरे दिउसो छलफल गर्यौ । उहाँले जाउलो खानु भयो ज्वरो पनि थिएन । राती साढे नौ बजे म घर गए । त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो । म केही ईन्जेक्सन लिएर गए । उहाँको स्वास्थ्य अवस्था विग्रिएको थियो । तीनबाट ईन्जेक्सन लगाए । गर्दा गर्दै लान भ्याईएन ।

उनले ईन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले ईन्जेक्सन लगाउन हात निकाल्नु पर्यो भन्दा उहाँले ए बुझे भनेर भनेको विषयलाई अपब्याख्या गरिएको भन्दै ईन्जेक्सन लगाउँदा निस्किएको रगत लुगामा लागेको बताए ।

डा. योगीले निधारमा कुनै पनि चोट नभएको दावी गर्दै राति सौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारामा उहाँले आफूलाई थिग्राएको र सो क्रममा टाउकोको पछाडी अलि छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए ।

उनले भने,‘ बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भईसकेको छ ।

डा. योगीले राती १२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको जानकारी दिदै त्यस अवस्थासम्म कोइराला बोलिनै रहेको बताए ।

उनले कोइरालामा फोक्सोमा हुनु पर्ने सबै किसिमको रोग रहेको भन्दै केही समय अघि सुनिएको खुट्टा पनि सोही कारण भएको रिपोर्ट आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।