0 COMMENTS

???????????

२८ माघ, काठमाडौं । भारतको गुहावाटीमा जारी १२ औं सागको पुरुष फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशसंग २(१ गोलले पराजित हुँदै नेपालले समुह उपबिजेतामा बनेको छ । नेपालका लागि अनन्त तामाङले खेलको तेस्रो मिनेटमा गोल गरेपनि पहिलो हाफको अन्त्यतिर पाँच मिनेटको अन्तरमा दुई गोल हान्दै बंगलादेशले नजिता उल्ट्याउँदै जित निकालेको छ । बंगलादेशका लागि ४० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएको थियो ।

बराबरी गर्ने क्रममा रायमन हसनले गोल गरेका थिए । त्यसको पाँच मिनेट नबित्दै मोहम्मद जिवानले गोल गरेर २-१ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा कुनैपनि टिमले गोल गर्न सकेनन र खेल बंगलादेशले २-१ ले जित्यो । भुटान र बंगलादेशले गोलरहित बराबरी खेलेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । नेपालले अब नेपालले सेमिफाइनलमा शनिबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।