0 COMMENTS

patrolमाघ २८, काठमाडौँ । नेपाल आयल निगमले शुक्रबारदेखि उपत्यकाका सबै पेट्रोलपम्पबाट इन्धन बितरण गर्ने भएको छ ।

वीरगञ्ज नाका खुलेपछि बिहीबार पहिलोपटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजल बाँड्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल र स्कूटरहरुलाई एकपटकमा भने ५ लिटरभन्दा बढी पेट्रोल दिइने छैन । यसैगरी चारपांग्रे गाडीहरुले एकपटकमा १५ लिटरभन्दा बढी पाउने छैनन् ।

घिमेरेका अनुसार यो बितरण प्रणाली उपत्यकाको हकमा कार्यान्वयनमा ल्याइएको छ । उपत्यका बाहिरको हकमा भने स्थानीय प्रशासन कार्यालय र निगमको क्षेत्रीय कार्यालयले इन्धनको आयातको अवस्थालाई हेरेर आवश्यक निर्णय गर्नेछ ।

‘शुक्रबारदेखि उपत्यकाको ८० प्रतिशत पम्पबाट इन्धन बितरण हुन्छ’, घिमिरेले भने,‘इन्धनको आपूर्ति बढ्दै गएपछि बाँकी २० प्रतिशतको हाराहारीमा रहेका अन्य पम्पलाई पनि इन्धन उपलब्ध गराउने योजना तयार पारेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।