0 COMMENTS

 madesi-morcha-638x330-340x176काठमाडौ २८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन कमजोर बन्दै गएपछि मोर्चामा थप तीन दल समेटिएका छन् । अब मोर्चामा आवद्ध दलहरुको संख्या ७ पुगेको छ ।

शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सदभावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक मोर्चामा आवद्ध हुने हुन् ।

आज बसेको मोर्चाको बैठकले तीन दललाई मोर्चामा आवद्ध गराउने निर्णय गरेको हो । अव मोर्चामा संसदमा रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेक सवै मधेसी दलहरु मोर्चामा समेटिएका छन् ।

यसअघि ती तीन दल र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानसमेत सम्मिलित भएर संघीय समावेशी मधेसी गठबन्धन बनाएर आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।