0 COMMENTS

Orange-Palpaपोखरा, २७ माघ – जिल्लामा यसवर्ष सुुुन्तला उत्पादनमा २७ प्रतिशतले कमी आएको छ ।गत वर्ष जिल्लामा १३ हजार मेट्कि टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १० हजार २०० मेट्रिक टन मात्रै उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत तिलक केसीका अनुसार फूलफुल्ने बेलामा हुरीवतास र असिनापानी, पुराना बोट सुक्दै जानु र नयांँ रुखले फल दिन नसक्दा उत्पादनमा कमी आएको हो ।

यसवर्ष सुन्तलाबाट किसानले करिब २६ करोड रुपैयाँ आम्दानी गरेका छन् । उत्पादन भएको सुन्तला पोखरा, बुटवल, काठमाण्डु, नारायणघाट र स्थानीय बजारमा बिक्री गरिएको थियो । पुतली बजार र वालिङ नगरपालिका तथा अर्जुनचौपारी, बाहाकोट, दहथुम, फापरथुम, खिलुङ, मनकामना, पिँढीखोला, पेलाकोट, स्वरेक, ठूलादी गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।