0 COMMENTS

saag-2016काठमाडौ, माघ २७ । १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा बुधबार नेपालले दुइ रजत जितेको छ । उसु खेलाडी हरिप्रसाद गोले र सविता राईले नेपाललाई थप दुइ रजत जिताएका छन् ।

गोलेले १७.६२ अंक जोड्दै थाउलोको ताइची अलराउन्डमा रजत हात पक्का गरेका हुन् । यसमा १८.५३ अंकसहित भारतका ग्यानदास सिंहले स्वर्ण र बंगलादेशका रमोतुल्लाह किशोरले १६.८१ अंकसहित कांस्य जिते ।

यस्तै, आर्मीमा आबद्ध २२ वर्षिय सविताले १७.७१ अंकसहित रजतमा चित्त बुझइन् । दोस्रो चरणमा उनले उत्कृष्ट प्रदर्शन गरेपनि थोरै अंक पाएको भन्दै नेपाली प्रशिक्षक र अफिसियलले विरोध जनाए । प्लेटफर्मममा तीन खेलाडी उत्रिएको यस स्पर्धामा आयोजक भारतकी सनतोम्बी चानुले १८.६२ अंकसहित स्वर्ण र पाकिस्तानकी कोमल इमानुएलले १४.१६ अंकसहित कांस्य हात पारे ।

१२ औं सागको छैठौं दिन आज उसुमै थप ४ स्वर्णपदकको लागि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
उसुको अन्तिम दिन पुरुषतर्फ ५६ केजी स्पर्धामा राजेश चौधरीले पनि फाइनलमा भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । यो सागको उसुमा नेपालले १ स्वर्ण र ६ रजतपदक जितिसकेको छ । ती सबै पदक थाउलोमा हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।