0 COMMENTS

ncकाठमाडौं, माघ २७ । कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन् । तर, फागुन २०-२३ मा हुने पार्टीको १३ औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने फैसला गर्नेछ ।

१३ औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ । कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन । वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर (वीपीका.भाई केशवका छोरा) र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला । सुजाता सुशीलको विरासत लिन खोज्दैछिन । तर, उनको उचाईले यसैपटक नेतृत्वमा पुग्ने संभावना कम छ । सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन् । उनीहरु दुवैका चाहना महामन्त्रीमा देखिन्छ । सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनु पर्ने बताउँदै आएकी छिन् ।

‘१३ औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने संभावना छैन’ कांग्रेसका एक पदाधिकारीले भने,‘अबको नेतृत्व कि त शेरवहादुरले गर्नेछन कि रामचन्द्र पौडेलले ।’ उनका अनुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३ औं महाधिवेशनले फैसला गर्नेछ ।’ अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।