0 COMMENTS

माघ २६, काठमाडौं । भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका संचालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ।

भूकम्पपछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई खुकुलो बनाएपछि नेपाली व्यापारीको सामग्री तातोपानी नाकामा कुहिने अवस्थामा पुगेको हो।

अधिकांश साना व्यवसायीको सामग्री नाकामा रोकिएपछि उनीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए। उनका अनुसार ४ सयभन्दा बढी ट्रक तातोपानीको गोदाममा अड्किएको छ।

– नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।