0 COMMENTS

1455001807_pm_officeकाठमाडौं  माघ २६,/सरकारले स्वर्गीय पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिर्दै मन्त्री अग्नी खरेलले भने राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका हिमायती पूर्व प्रधानमन्त्री कोइरालाको ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल सरकार स्तब्ध भएको छ ।

नेपालको संविधान निर्माणमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान नेपाल र नेपालीले सम्झिरहनेछन् भन्दै मन्त्रिपरिषदले उनको परिवार, आफन्तजन र नेपाली काँग्रेसप्रति हार्दिक समवेदन प्रकट गरेको छ ।

उहाँको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षहरु तथा सत्मार्ग सवैले आत्मसाथ गर्न सके सच्चा श्रद्धान्जली हुने नेपाल सरकारको विश्वास छ, मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । मन्त्री खरेलले दिंगवत कोइरालाको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्ने तथा तोप र सलामीको व्यवस्था रक्षा तथा गृह मन्त्रालयले गर्ने जानकारी दिए ।

साथै, उनले स्वर्गीय कोइरालाप्रति सम्मान जनाउन भोलि बुधबार एक दिन सार्वजनिक विदा दिनुका साथै भोलिदेखि तीन दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी, भोलि बुधबार र बिहीबार परराष्ट्र मन्त्रालगायत विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा शोक पुस्तिकका राख्ने निर्णय गरिएको थियो । कोइरालाको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा तयारी गरिएको छ ।फाेटाे अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।