0 COMMENTS

Modi_काठमाडौ २६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको छन् । माेदीले कोइरालाको निधनप्रति श्रद्धाञ्जली वक्तव्य दिँदै भारतले एक अत्यन्त महत्वपूर्ण मित्र गुमाएको उल्लेख गरेका छन्।

मंगलबार बिहान ट्विट गर्दै मोदीले कोइरालाको निधनले भारतले अत्यन्त महत्वपूर्ण मित्र गुमाएको उल्लेख गरेका हुन्। उनको निधनले दुःखी बनाएको समेत बताएका छन् । कोइरालाको आत्माले शान्ति पावस् उनले भनेका छन्। कोइरालाको सरलताबाट हामी सबैले पाठ लिनुपर्ने उनले उल्लेख गरेका छन्। ‘दुःखको यो घडिमा कोइराला परिवार नेपाली जनताप्रति दुःख व्यक्त गर्न चाहन्छु’उनले ट्वीट गदै भनेका छन् । मोदी कोइराला प्रधानमन्त्री भएको वेला दुई पटक नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।